९ श्रावण २०८३, शनिबार
,
Latest
राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश: सरकारलाई दिएको समर्थन फिर्ता लिन काँग्रेस संसदीय दलको बैठक जारी



अ+ अ-

जनकपुर । नेपाली काँग्रेसले अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दलको बैठक जारी छ ।

जारी संसदीय दलको बैठकबाट सरकारलाइ दिएको समर्थन फिर्ता लिने/नलिनेबारे निर्णय काँग्रेसले गर्न लागेको हो । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले अहिलेसम्म सहमतिअनुसार नै अघि बढ्ने गरी बसेको भएपनि अब भने संस्दीय दलमा बहुमतले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताउनु भयो । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले भन्नुभयो, ‘अहिले हामी बसिरहेका छौँ, बहुमतको निर्णय जे हुन्छ त्यसै आधारमा निर्णय लिनेछौँ ।’

सरकारलाई दिइएको समर्थन फिर्ता हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा राजनितिमा सम्भावना बाहेक अरु केही पनि नहुने बताउँदै बैठकले थप निर्णय लिनसक्ने बताउनु भयो । बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयमा पुगे काँग्रेस नयाँ समिकरणमा सरकार बनाउन प्रयास गर्नेगरी तयारी समेत गर्न लागेको एक प्रदेस सभा सदस्यले बताउनु भयो ।