७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

सडकभरि प्रहरी, उच्च सुरक्षा सतर्कता, संकटकालको खतरा !

सडकभरि प्रहरी, उच्च सुरक्षा सतर्कता, संकटकालको खतरा !
अ+ अ-

काठमाडौँ । आज काठमाडौंका सडकैभरि प्रहरी देखिन्छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि र त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि काठमाडौंका सडकमा विरोध जुलुशहरु निस्किएका छन् । सरकारको सो निर्णयको विरोधमा सबै विपक्षी दलहरुमात्र होइन कि नेकपा नै रहेको छ । 

जसका कारण विभिन्न दलहरुले राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । कतिले भोलिका लागि विरोधका कार्यक्रमहरु नै सार्वजनिक गरेका छन् भने केहीले सरकारको चर्काे आलोचना गरेका छन् ।  

यसैकारण आज अपरान्हदेखि नै काठमाडौंका सडकहरुमा प्रहरी बढेको तथा राजधानी र अरु पनि केही सहरमा उच्च सुरक्षा सतर्कता बढेको देखिएको छ । सरकारको विरोधमा देशव्यापी रुपमा विरोध प्रदर्शन हुने सक्ने र यसले हिंसा पनि निम्त्याउन सक्ने आशंका गर्दै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको देखिएको हो । 

यसैबीच आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रतिनिधिसभाको विघटनसँगै मध्यावधिक निर्वाचनको घोषणा भइसकेपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल भएको हो ।

बालुवाटारमा भएको छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी भएका थिए ।

सरकारको एक उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले यदि सुरक्षाको प्रबन्धमा कुनै कमी देखिएमा र अप्ठेरो अवस्थाको सिर्जना हुन लागेको भएमा समयमै खबर गर्न र आवश्यक परेमा सरकारले संकटकालको लागि पनि तयारी गर्न सुरक्षाका प्रमुखहरुसँग परामर्श गरेका थिए । तर यस विषयमा भने आज नै कुनै निर्णय नभएको समाचार स्रोतले बतायो । 

अरु एक दुई दिन देशमा नेकपाका साथै विभिन्न विपक्षी दलहरुका तर्फबाट के कस्तो विरोधको स्वरुप बाहिर आउँछ त्यस बमोजिम आवश्यक परेमा सरकार संकटकाल लगाउने विषयमा पनि सोच्न सक्ने सोँचमा प्रधानमन्त्री देखिएको बालुवाटार स्रोतले जनायो ।