९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–आरुघाट सडक अवरुद्ध



अ+ अ-

गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।

भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

“सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भन्नुभयो, “सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।” रासस