• १३ भाद्र २०८१, बिहीबार
  •      Thu Aug 29 2024
  •   Unicode
Logo
Latest
★   धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र कायम गरौ ★   एनसेललाई किस्ताबन्दी ब्याज तिर्न सुविधा दिने सरकारको निर्णय ★   मुख्यसचिवमा एकनारायण, चलचित्र विकास बोर्डमा दिनेश नियुक्त ★   एमाले महासचिब पोखरेलको प्रश्न- माओवादीले चै संविधानले नस्वीकारेको भाषा वोल्न मिल्छ ? ★   नेपाल वायुसेवा निगमको सेवा अबरुद्ध भएपछि अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण ★   भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह ★   सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको विभिन्न देशद्वारा स्वागत ★   अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ: मन्त्री गुरुङ ★   एमाले पोलिटब्युरो बैठक भदौ १८ र १९ गते ★   ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच विद्युतीय सवारी कर्जा…

कोशी, मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै विभागले कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट बच्न अनुरोध गरेको छ ।