• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंका केही ठाउँमा आज पाँच घन्टासम्म विद्युत् अवरूद्ध हुने ★   बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छ : उपराष्ट्रपति यादव ★   २०८१ भित्रै सडक बालबालिकालाई सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला ★   बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती ★   छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस ★   आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ? ★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा

सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव



काठमाडौँ: नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा आज सुझाव पेस गरेको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले सञ्चारमन्त्री गुरूङ समक्ष सञ्चार क्षेत्रका कार्यक्रम सम्बन्धी १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रका १३ बुँदे सुझाव पेस गरेको हो ।

सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थालगायत छन् ।

सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरूङले यसलाई गम्भीरताका साथ कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिनुभयो ।रासस