• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

समानुपातिक समावेशी विधानको अभ्यासवाट कांग्रेस पछि हटेको मुस्लिम संघको आरोप



काठमाडौं । समानुपातिक समावेशी विधानको अभ्यासवाट नेपाली कांग्रेस पछि हटेको प्रति नेपाल मुस्लिम संघले गम्भिर चिन्ता व्यक्त गरेको छ । संघका सभापति अताबुल मन्सूरीले आज एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न चरणमा पार्टी सरकारमा सामेल हुँदा समेत कुनै पनि मुस्लिम सांसदलाई सरकारमा सामेल नगराउनु आफैमा त्रुटिपूणर् भएको जनाउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपालको संविधान बमोजिम राष्ट्रिय सभादेखि सरकारमा मुस्लिमलाई समावेश नगराउनु नेपालको संविधान र पार्टीको विधानलाई पार्टीले कार्यान्वयन नगर्नु नगराउनुले नेपाली मुस्लिम समुदायमा आशंका उत्पन्न भएको छ ।’

पार्टी नेतृत्वको ध्यानाकर्षण गराउदै बिज्ञप्तिमा भनिएको छ ‘केही दिन पछि गठन हुदै गरेको प्रदेश सरकारहरुमा (कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश) मुस्लिम समुदायको बाहुल्य रहेको प्रदेशहरुमा गम्भीर ध्यान पुयाएर प्रदेश सरकारमा मुस्लिम प्रतिनिधित्व गराउनु पर्दछ ।

माग सुनुवाई नभए गम्भीर रुपमा पार्टी प्रति सिंगो देशको मुस्लिम समुदायले विद्रोह गर्ने गराउने खालको आवाजहरु नेपाल मुस्लिम संघको लगभग ४७ जिल्ला कार्यसमितिबाट आउने गरेकोमा स्मरण गराईएको छ ।

संघले राज्यका विभिन्न निकायहरुमा हुने नियुक्तिहरुमा सिफारीस गर्दा समावेशी सिद्धान्तलाई ध्यानमा राखी मुस्लिम समुदायका क्षमतावान दक्ष व्यक्तिहरुलाई समेट्न समेत आग्रह गरेको छ ।