९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक समावेशी विधानको अभ्यासवाट कांग्रेस पछि हटेको मुस्लिम संघको आरोप



अ+ अ-

काठमाडौं । समानुपातिक समावेशी विधानको अभ्यासवाट नेपाली कांग्रेस पछि हटेको प्रति नेपाल मुस्लिम संघले गम्भिर चिन्ता व्यक्त गरेको छ । संघका सभापति अताबुल मन्सूरीले आज एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न चरणमा पार्टी सरकारमा सामेल हुँदा समेत कुनै पनि मुस्लिम सांसदलाई सरकारमा सामेल नगराउनु आफैमा त्रुटिपूणर् भएको जनाउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपालको संविधान बमोजिम राष्ट्रिय सभादेखि सरकारमा मुस्लिमलाई समावेश नगराउनु नेपालको संविधान र पार्टीको विधानलाई पार्टीले कार्यान्वयन नगर्नु नगराउनुले नेपाली मुस्लिम समुदायमा आशंका उत्पन्न भएको छ ।’

पार्टी नेतृत्वको ध्यानाकर्षण गराउदै बिज्ञप्तिमा भनिएको छ ‘केही दिन पछि गठन हुदै गरेको प्रदेश सरकारहरुमा (कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश) मुस्लिम समुदायको बाहुल्य रहेको प्रदेशहरुमा गम्भीर ध्यान पुयाएर प्रदेश सरकारमा मुस्लिम प्रतिनिधित्व गराउनु पर्दछ ।

माग सुनुवाई नभए गम्भीर रुपमा पार्टी प्रति सिंगो देशको मुस्लिम समुदायले विद्रोह गर्ने गराउने खालको आवाजहरु नेपाल मुस्लिम संघको लगभग ४७ जिल्ला कार्यसमितिबाट आउने गरेकोमा स्मरण गराईएको छ ।

संघले राज्यका विभिन्न निकायहरुमा हुने नियुक्तिहरुमा सिफारीस गर्दा समावेशी सिद्धान्तलाई ध्यानमा राखी मुस्लिम समुदायका क्षमतावान दक्ष व्यक्तिहरुलाई समेट्न समेत आग्रह गरेको छ ।