५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार



अ+ अ-

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ ।

अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव स्रोतबाट गुप्त सूचना प्राप्त गरेको सिएनएनले मङ्गलबार जनाएको थियो ।

यद्यपी सिएनएनले पेन्सिलभेनियामा आयोजित ट्रम्पको चुनावी र्यालीमा शनिबार भएको गोली हानाहान जहाँ पूर्व राष्ट्रपति घाइते हुनुका साथै उहाँको एक समर्थक मारिएको घटनाको कथित इरानी षड्यन्त्रसँग सम्बन्ध नरहेको बताएको छ ।

तेहरानले सन् २०२० मा अमेरिकी ड्रोन हमलामा रिभोलुसनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिने धम्की दिएपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले वर्षौँदेखि इरानमाथि निगरानी राखेको“ बताएको छ।

इरानका लागि संयुक्त राष्ट्रको मिसनले उक्त आरोपलाई अप्रमाणित र दुर्भावनापूर्ण भएको जनाएको छ ।

“इरानले ट्रम्प विरुद्धको हालैको सशस्त्र हमलामा कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गर्दछ । तर ट्रम्पको प्रत्यक्ष भूमिका रहेको जनरल कासिम सुलेमानीको हत्यामा मुद्धा चलाउन भने इरान कटिबद्ध छ“ विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बताउनुभयो ।