३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार



अ+ अ-

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ ।

अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव स्रोतबाट गुप्त सूचना प्राप्त गरेको सिएनएनले मङ्गलबार जनाएको थियो ।

यद्यपी सिएनएनले पेन्सिलभेनियामा आयोजित ट्रम्पको चुनावी र्यालीमा शनिबार भएको गोली हानाहान जहाँ पूर्व राष्ट्रपति घाइते हुनुका साथै उहाँको एक समर्थक मारिएको घटनाको कथित इरानी षड्यन्त्रसँग सम्बन्ध नरहेको बताएको छ ।

तेहरानले सन् २०२० मा अमेरिकी ड्रोन हमलामा रिभोलुसनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिने धम्की दिएपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले वर्षौँदेखि इरानमाथि निगरानी राखेको“ बताएको छ।

इरानका लागि संयुक्त राष्ट्रको मिसनले उक्त आरोपलाई अप्रमाणित र दुर्भावनापूर्ण भएको जनाएको छ ।

“इरानले ट्रम्प विरुद्धको हालैको सशस्त्र हमलामा कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गर्दछ । तर ट्रम्पको प्रत्यक्ष भूमिका रहेको जनरल कासिम सुलेमानीको हत्यामा मुद्धा चलाउन भने इरान कटिबद्ध छ“ विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बताउनुभयो ।