२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह गर्ने संकल्प



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफूले पाएको जिम्मेवारीलाई इमान्दारी र निष्ठाका साथ पूरा गर्ने संकल्प व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा आज स्टाटस लेख्दै मन्त्री भट्टराईले कास्की क्षेत्र नं. २ का जनताप्रति विशेष आभार व्यक्त गर्नुभएको छ ।

मन्त्री भट्टराईले आफूलाई विभिन्न माध्यमबाट बधाइ दिनेहरुप्रति हार्दिक कृतज्ञतासमेत व्यक्त गर्नुभएको छ ।

 

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

अवसर र चुनौतीको यो यात्रा आरम्भ गर्दै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी लिएकी छु । इमानदारी र निष्ठाको साथ यो भूमिका निर्वाह गर्ने संकल्प गर्दछु । कास्की क्षेत्र नम्बर २ का सम्पुर्ण जनता प्रती म विषेश आभारी छु यहाँ हरुको मत र सद्भाव ले नै आज यो जिम्मेवारी प्राप्त भएको हो ।
देश भरि बाट फेसबुक, म्यासेन्जर, भाइबर, whatsApp / X मार्फत मलाइ बधाई ब्यक्त गर्नुहुने सम्पुर्ण आदरणीयहरु प्रति र आम जनता प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै नमन गर्दछु ।
सम्माननिय प्रधानमन्त्रीज्यु ले मलाई यो टिममा छनोट गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दै, पार्टीका आदरणीय नेता कमरेडहरु र सम्पुर्ण पार्टि पंक्ति ले गरेको भरोसा प्रति आभारि छु ।
सम्पुर्ण संचार क्षेत्र लाइ समाचार सम्प्रेषणको लागि हार्दिक आभार ब्यक्त गर्दछु । यहाँहरु सबैको तर्फबाट निरन्तर सल्लाह र सुझावको अपेक्षा गरेको छु ।