२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह गर्ने संकल्प



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफूले पाएको जिम्मेवारीलाई इमान्दारी र निष्ठाका साथ पूरा गर्ने संकल्प व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा आज स्टाटस लेख्दै मन्त्री भट्टराईले कास्की क्षेत्र नं. २ का जनताप्रति विशेष आभार व्यक्त गर्नुभएको छ ।

मन्त्री भट्टराईले आफूलाई विभिन्न माध्यमबाट बधाइ दिनेहरुप्रति हार्दिक कृतज्ञतासमेत व्यक्त गर्नुभएको छ ।

 

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा के लेख्नुभएको छ त ?

अवसर र चुनौतीको यो यात्रा आरम्भ गर्दै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी लिएकी छु । इमानदारी र निष्ठाको साथ यो भूमिका निर्वाह गर्ने संकल्प गर्दछु । कास्की क्षेत्र नम्बर २ का सम्पुर्ण जनता प्रती म विषेश आभारी छु यहाँ हरुको मत र सद्भाव ले नै आज यो जिम्मेवारी प्राप्त भएको हो ।
देश भरि बाट फेसबुक, म्यासेन्जर, भाइबर, whatsApp / X मार्फत मलाइ बधाई ब्यक्त गर्नुहुने सम्पुर्ण आदरणीयहरु प्रति र आम जनता प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै नमन गर्दछु ।
सम्माननिय प्रधानमन्त्रीज्यु ले मलाई यो टिममा छनोट गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दै, पार्टीका आदरणीय नेता कमरेडहरु र सम्पुर्ण पार्टि पंक्ति ले गरेको भरोसा प्रति आभारि छु ।
सम्पुर्ण संचार क्षेत्र लाइ समाचार सम्प्रेषणको लागि हार्दिक आभार ब्यक्त गर्दछु । यहाँहरु सबैको तर्फबाट निरन्तर सल्लाह र सुझावको अपेक्षा गरेको छु ।




भर्खरै