• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु ★   सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ? ★   कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीले लिए शपथ ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब

सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए



काठमाडौँ: चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये नौ जनाको सनाखत भइसकेको र बाँकी आठ जानाको सनाखत हुन बाँकी छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १७ जनाको शव फेला परेका र बाँकीको खोजीकार्य जारी रहेको जानकारी दिनुभयो । “भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप विक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ”, उहाँले भन्नुभयो, “यसैगरी अन्य छ जना पुरुष र दुई महिलाको सनाखत हुन बाँकी छ ।”

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुगग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपति डिलक्स बस पहिरोले बगाएर  त्रिशूली नदीमा खसेको थियो । एञ्जल डिलक्समा ३८ जना र  गणपति डिलक्समा २७ जना यात्रु रहेका थिए ।

बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ता भने हाम फालेर ज्यान जोगाउन सफल हुनुभएको छ । रासस