• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ६४ इन्स्पेक्टर र २३६ असइ भर्ना गर्न आवेदन माग ★   संसदीय समितिमा प्रस्तावित राजदूतहरुका बहुलट्ठी कार्ययोजना ★   लगानी बोर्डमा सुशील नियुक्त, धराहरा असोज ३ गतेदेखि खुल्ने ★   पहिराेले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध ★   नेकपा एमालेको सचिवालय बैठक आज बस्दै ★   क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या ★   सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती ★   कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी ★   आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने ★   संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ । त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु थियो ।

परराष्ट्रमन्त्री डा राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गर्नुभएको हो । रासस