• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने ★   संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने ★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण ★   पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ ★   क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल ★   रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ ★   प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना ★   ‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’ ★   राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छः प्रधानमन्त्री ★   ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

बिहेमा खाना कम हुँदा रिसाए बेहुला, बेहुलीको परिवारसँग पैसा माग्न थालेपछि…



सांकेतिक तस्बिर

एजेन्सी । वैवाहिक जीवनमा झगडा अहिले सामान्य भइसकेको छ ।

खानाको अभावदेखि बिरयानीमा कुखुराको मासु नपाउँदा दैनिकजसो परिवारबीच विभिन्न विषयमा झगडा हुने गरेको छ, जसका समाचार र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हालै भारतको उत्तर प्रदेशको फिरोजाबादमा यस्तै घटना भएको छ ।

विवाह समारोहमा खानाको अभावमा दुलहा र दुलहीका परिवारबीच यस्तो भीषण झगडा भएको थियो कि लाठी र कुर्सी समेत हानाहान थियो । जसका कारण विवाह पनि टुट्यो । यस घटनाको एक भिडियो भाइरल भएको छ जसमा धेरै मानिसहरु कुर्सी फ्याँकिरहेका छन् र हातमा लाग्ने कुराले आपसमा झगडा गरिरहेका छन् ।

विवाहमा खानाको अभावले यति ठूलो झगडा भयो कि धेरै पाहुनाहरू कुर्सी र हानाहानबाट घाइते भए । खाना नपाएको भन्दै बेहुलासहित बेहुलाका परिवारले दुलहीका परिवारसँग पैसा मागेका थिए ।

केही पैसा दिए पनि बेहुलाको परिवारले एक लाख थप मागेपछि झगडा सुरु भयो । भाइरल फुटेजमा कैद भएजस्तै दुबै तर्फबाट लाठी र रड जस्ता चीजहरू प्रयोग गरिएको थियो । कुरा यति बिग्रियो कि विवाह नै टुट्यो ।