३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री रकुल प्रीतका भाइ लागुऔषध मुद्दामा पक्राउ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री रकुल प्रीत सिंहका भाइ अमन प्रीत सिंह लागूऔषध मुद्दामा पक्राउ परेका छन् । यस मुद्दामा अमनसहित ५ जना पक्राउ परेका छन् ।

जसमा नाइजेरियाका एक पुरुष र एक महिला रहेका छन् । तेलंगाना एन्टी नार्कोटिक्स विभागले हैदराबादमा बिक्रीको लागि ल्याएको १९९ ग्राम कोकिन बरामद गरेको छ ।

साइबराबाद पुलिसको राजेन्द्र नगर जोनका डीसीपी श्रीनिवासले भने कि पुलिसले फ्ल्याटमा छापा मारेर ५ जनालाई पक्राउ गरेको थियो । अभियुक्तको साथबाट २ थान राहदानी, १० थान मोवाइल र २ थान दुई पाङ्ग्रे सवारी साधन बरामद भएको छ । उनीहरु सबैको पिसाबको नमूना परीक्षण पोजेटिभ देखिएको छ । मेडिकल पछि पाँचै अभियुक्तलाई अदालतमा पेश गरिने छ ।

प्रहरीका अनुसार लागुऔषध र्‍याकेटको प्रमुख नाइजेरियाली नागरिक डिभाइन इबुका सुजी हुन् । उनी अझै फरार छन् । तर, उनको मुख्य सहयोगी तथा महिला लागूऔषध कारोबारी ओनुओहा ब्लेसिङ पक्राउ परेकी छन् ।

अमनप्रीतसँगै पक्राउ पर्ने चार अभियुक्त अनिकेत रेड्डी, प्रसाद, मधुसूदन र निखिल दमन रहेका छन् । उनीहरु सबै व्यवसायी हुन् । उनीहरुमाथि एनडीपीएस ऐन अन्तर्गत कारबाही भइरहेको छ । यस मामिलामा अमन प्रीत सिंह सहित कुल १३ जनाको नाम समावेश गरिएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका अमनप्रीत सिंहको जन्म १ अप्रिल १९९३ मा भएको थियो । उनको परिवारमा आमा कुलविन्दर र बुबा राजेन्द्र सिंह हुन् । उनी साउथ सिनेमाका अभिनेता हुन् । उनी २०२२ मा आउने फिल्म रामराज्य र निन्ने पेल्लादुत्तामा देखिनेछन् ।