• ६ भाद्र २०८१, बिहीबार
  •      Thu Aug 22 2024
  •   Unicode
Logo
Latest
★   टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णयमाथि माओवादी केन्द्रले उठायो प्रश्न ★   प्रधानमन्त्री ओलीसंग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष वेईकुनको शिष्टाचार भेट ★   दुई लाख भक्तजनबाट स्वयम्भूमा दर्शन ★   शेयर बजारलाई परिपक्व,अनुशाशित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छः अर्थमन्त्री पौडेल ★   एडिबीले नेपाललाई थप सहयोग गर्ने ★   टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय ★   चौबीस घण्टापछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह ★   भ्रमणले नेपाल-भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री डा राणा ★   भारतमा विद्युत् निर्यातका लागि कार्ययोजना तयार छ: प्रधानमन्त्री

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो



काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।

कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । रासस