• ६ भाद्र २०८१, बिहीबार
  •      Thu Aug 22 2024
  •   Unicode
Logo
Latest
★   टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णयमाथि माओवादी केन्द्रले उठायो प्रश्न ★   प्रधानमन्त्री ओलीसंग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष वेईकुनको शिष्टाचार भेट ★   दुई लाख भक्तजनबाट स्वयम्भूमा दर्शन ★   शेयर बजारलाई परिपक्व,अनुशाशित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छः अर्थमन्त्री पौडेल ★   एडिबीले नेपाललाई थप सहयोग गर्ने ★   टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय ★   चौबीस घण्टापछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह ★   भ्रमणले नेपाल-भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री डा राणा ★   भारतमा विद्युत् निर्यातका लागि कार्ययोजना तयार छ: प्रधानमन्त्री

काठमाडौं महानगरकाे श्रम बैंकमार्फत् एकै वर्षमा १ हजार ७ सय रोजगार !



काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत् एकै वर्षमा १७ सयभन्दा बढीलाई रोजगारी उपलब्ध गराएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् यति धेरै रोजगारी उपलब्ध गराएको जानकारी गराएका हुन् ।

महानगरपालिकाले श्रम बैंकमार्फत् ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको जनाएको हो ।

महानगर प्रमुख बालेन्द्र शाहले आफ्नो फेसबुक स्टाटसमा आज के लेखेका छन् त ?

काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ’रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ’श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो ।

यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएका छन् ।

महानगरको सानो प्रयासले १ आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार/स्वरोजगार हुनु भएको छ । यद्यपि यो हाम्रो लक्ष्य भन्दा धेरै सानो संख्या हो । आर्थिक बर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेका छौँ । सिप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ । समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौँ ।

तपाईहरूको व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंक मार्फत सम्पर्क गरी सेवा लिन सक्नुहुनेछ । एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा तपाइहरुकै कथििबदगक मा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएका छौँ ।