• ६ भाद्र २०८१, बिहीबार
  •      Thu Aug 22 2024
  •   Unicode
Logo
Latest
★   टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय ★   चौबीस घण्टापछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह ★   भ्रमणले नेपाल-भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री डा राणा ★   भारतमा विद्युत् निर्यातका लागि कार्ययोजना तयार छ: प्रधानमन्त्री ★   विश्वका ५५ देशका सरकारद्वारा आलोचकमाथि यात्रा प्रतिबन्ध प्रयोग: फ्रिडम हाउस ★   सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित ★   तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउने प्रधानमन्त्रीद्वारा जानकारी ★   बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता ★   ‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्वपूर्ण’

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षा



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानहरुमा पानी परिरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।