१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपश्चिमको आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ



अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी नजिकैको झिन्चौर खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ ।

गएरातिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको ज्यान गएको र एक जना बेपत्ता भएका हुन् । मृतकको सनाखत र अन्य क्षतिबारे प्रहरीको सहयोगमा स्थानीय पालिकाले अनुसन्धान गरिरहेको छ ।

यसैगरी बाढीमा परेर ६ जना घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको छ ।