१९ मंसिर २०८२, शुक्रबार
,
Latest
आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपश्चिमको आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ



अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी नजिकैको झिन्चौर खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ ।

गएरातिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको ज्यान गएको र एक जना बेपत्ता भएका हुन् । मृतकको सनाखत र अन्य क्षतिबारे प्रहरीको सहयोगमा स्थानीय पालिकाले अनुसन्धान गरिरहेको छ ।

यसैगरी बाढीमा परेर ६ जना घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा उपचार भइरहेको छ ।