१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका बहुमत सांसदको भेला : ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरे



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् । 

सोमबार संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । नेकपाका बरिष्ठ नेता तथा सांसद झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरेको भन्दै संसद बैठकका लागि संवैधानिक अभियान चलाउने बताउनुभयो । उहाँले भन्नुभयो ‘वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन । यो संविधान विरोधी कुरा हो । त्यसको विरोध गरेका छौँ । अब हामी संवैधानिक तथा राजनीतिक अभियान चलाउँछौँ । संविधानको विरुद्ध कु गरिएको छ । हामी सर्वोच्च नी जान्छौँ । संसदको बैठक आयोजना गर्ने हाम्रो ध्येय छ ।’

यस्तै नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफु अल्पमतमा परेपछि अलोकतान्त्रिक र संविधान बिरोधी निर्णय गर्नुभएको बताउनुभयो । उहाँले संसद विघटन भएको नठानिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रतिनिधि सभा बिघटन गर्ने निर्णय असंंवैधानिक हो । संविधानमा कुनै प्रावधान छैन । त्यो अधिकार प्रधानमन्त्रीको हातमा छैन । उहाँ अल्पमतमा परेको अवस्थामा यो निर्णय अलोकतान्त्रिक, निरंकुश तरिका अबलम्बन गरिएकोले घोर बिरोध एवं भत्र्सना गर्दछौँ । संसद विघटित भएको ठान्दैनौँ ।’

सांसद पम्फा भुसालले नेकपा संसदीय दलका बहुमत सदस्य संसद विघटनको विपक्षमा रहेको बताउनुभयो । संविधानको व्याख्याता सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने भुसालको विश्वास छ । उहाँले भन्नुभयो ‘संविधानको व्याख्याता सर्वोच्च अदालत हो । संविधानको कुनैपनि धारामा विघटन बारे छैन । सर्वोच्च अदालतमार्फत न्यायिक बाटो अबलम्बन गर्छौ । न्यायपालिका तर्फ हामीलाई विश्वास छ ।’

सांसद शशी श्रेष्ठले प्रतिनिधि सभा विघटन नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधान माथिको कु हो यो । प्रतिनिधि सभा विघटन भएको छैन ।’

नेकपाका प्रचण्ड–माधव नेपाल समुहका सांसदहरुको सोमबार भएको भेलाले प्रतिनिधि सभा बैठक बोलाउन माग समेत गरेको छ । बैठक नबोलाईए कानूनी प्रक्रिया अघि बढाईने पनि सांसदहरुले बताएका छन् ।