• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने ★   पूर्वी एसियामा लाखौँ मानिस बाढीबाट प्रभावित, २०० भन्दा बढीको मृत्यु ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि ★   रुख काट्ने क्रममा रूखले च्यापेर भिमादमा एक जनाको मृत्यु ★   बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते ★   नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु ★   सलमानले लगाए २६७ करोडको घडी ★   नेपाल र जापानका कम्पनीबीच सम्झौता: वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ ★   कोटिहोमको आय व्यय विवरण सार्वजनिकः आम्दानीभन्दा खर्च बढी भएको हिसाब ★   कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

सिमलताल दुर्घटनाको अध्ययन गर्न कार्यदल गठन



काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ ।

मन्त्रालयमा आज पदबहालीपश्चात् उहाँले सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्नुभएको हो ।

कार्यदलले घटनाका कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसम्बन्धमा सुझाव दिने तथा बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा पनि अध्ययन गर्नेछ । उक्त कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मन्त्री लेखकले ‘चौथो अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना ‘२०८१/८२ देखि २०८३/०८४०’ स्वीकृत गर्नुभयो ।