९ श्रावण २०८३, शनिबार
,
Latest
भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु: खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।

उहाँले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरु आएको बताउनु भयो । केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताउनु भयो । उहाँले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा जथाभावी लगानी गर्नेकुरा अब नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरुलाई प्रोत्साहन गर्नका लागि हामी आएका हाँै । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछाँै । हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ ।’

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताउनु भयो ।