२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहुँतबाट मल र जैविक विषादी



अ+ अ-

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताउनुभयो ।

“२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,” उहाँले भन्नुभयो “सुन्तलाका बिरुवाका लागि मल किन्न परेको छैन ।” गहुँतको सदुपयोगले जैविक विषादीको काम गरेकाले दोहोरो फाइदा पुगेको उहाँको भनाइ छ ।

शिव र उहाँका दाजु कृष्णबहादुरले सञ्चालन गरेको कृषि फार्ममा दूध उत्पादनका साथै च्याउ, सुन्तला र कागती खेती छ । विदेशको जागिर र सदरमुकाम बेनीको व्यवसाय छाडेर गाउँ फर्केका खड्का दाजुभाइले बाँझो पाखोबारीेमा चार सय बोट सुन्तला र एक सय बोट कागती लगाएका छन् ।

गाईभैँसीको दूधबाट आम्दानी गरिरहनुभएका उहाँहरुले मल र गहुँत सदुपयोग गरी खर्च बचाउनुभएको छ । पानी मिसाएर पाइपबाट बिरुवाको फेदमा सिँचाई गर्दा गहुँतले आवश्यक पौष्टिकतत्व आपूर्ति भई छिटो हुर्किएको र रोगकीराको समस्या नदेखिएको उहाँहरुको अनुभव छ ।

“सुन्तला बगैँचाको खाली ठाउँमा लगाइएको सुडान, मकैचरी, सुपर नेपिएर, नेपिएर जातका घाँस छिटो हुर्किएको छ,” उहाँले भन्नुभयो “सुन्तला, घाँस, च्याउखेती र गाईभँैसीपालनका लागि गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको छ ।”

परियोजनाले कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रममार्फत फार्मको क्षमता विकास गरी सुधारिएको गोठ निर्माण गर्न चालु आर्थिक वर्षमा रु चार लाख, अन्नपूर्ण गाउँपालिकाले च्याउ खेतीका लागि प्लास्टिक घर बनाउन अनुदान र नि:शुल्क घाँसको बीउ उपलब्ध गराएको छ । खड्का दाजुभाइले सुन्तला खेतीमा गरेको गहुँतको प्रयोग नयाँ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताउनुभयो ।

“गहुँतमा गोबर मलको तुलनामा नाइट्रोजन, फस्फोरसलगायत तत्व बढी पाइने भएकाले सदुपयोग गर्न सकेमा राम्रो लाभ लिन सकिन्छ,” उहाँले भन्नुभयो, “सिधैँ प्रयोग गर्दा बिरुवा हस्किएर क्षति हुन सक्छ । पानीमा मिसाएर ठिक्क मात्रामा प्रयोग गर्दा राम्रो हुन्छ ।”

दैनिक एक सय ४० लिटर दूध उत्पादन हुने फार्ममा खड्का परिवारका छ सदस्य स्वरोजगार बन्नुका साथै थप दुईले रोजगार पाएका छन् । बिरौटाका अन्य किसानले उत्पादन गरेको दूध बजारीकरण गर्न खड्का दाजुभाइले गाउँपालिकाको केन्द्र पोखरेबगरमा डेरी सञ्चान गरेका छन् ।

पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङका साथै बेनी बजारमा दूध बिक्री हुने गरेको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णको घराम्दी, राम्चे, नागी, खिवाङलगायत ठाउँका किसानले गाईभैँसीको गहुँतको सदुपयोग गरेको जानकारी दिनुभयो । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो । रासस




भर्खरै