५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्काराजले जिते



अ+ अ-

विम्बल्डन लनटेनिस तर्फ पुरूष एकलको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् ।

लन्डनको अल इङल्यान्ड क्लबको घाँसे कोर्टमा सम्पन्न फाइनल खेलमा अल्काराजले नोभाक जोकोभिचलाइ ६-२, ६-२ र ७-६ को सोझो सेटमा पराजित गरेका थिए । यसअघि सन् २०२३ मा पनि अल्काराजले जोकोभिचलाइ नै पराजित गरेर उपाधि चुमेका थिए ।

२१ वर्षकै उमेरमा अल्काराजले २ विम्बल्डन सहित ४ ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । यसअघि सन् २०२२ मा उनले युएस अोपन र गत महिना फ्रेन्च अोपन जितेका थिए ।

घुँडाको शल्यक्रिया गरेका कारण सुस्त देखिएका नोभाकसामु अल्काराज सुरूदेखि नै हाबी भएका थिए ।