काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताउनु भएको छ ।
आफू निकट केन्द्रीय सदस्यहरको बैठकमा ओली जनगायक जीवन शर्माको गीत उल्लेख गर्दै यस्तो बताउनु भएको हो ।
उहाले भन्नुभयो, हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहँदैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं । अब नेतृत्व हस्तान्तरण गरेर नयाँपुस्ताले पार्टी चलाउने हो ।











