२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोलले ‘फर्की फर्की’का लागि ५० लाख पारिश्रमिक लिएका थिए



अ+ अ-

काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’का लागि ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ ।

अनमोलले लिएको पारिश्रमिकको कर नेपाल सरकारलाई बुझाएका छन् । फिल्म निर्माता रोहित अधिकारीका अनुसार अनमोलले गत बुधबार सात लाख ५० हजार रुपैयाँ कर तिरेका हुन्‌ ।

निर्माता अधिकारले आइतबार अनमोलले कर तिरेको रसिद फेसबुकमार्फत सार्वजनिक गरेका छन् । जसमा ५० लाख रुपैयाँ आम्दानीको १५ प्रतिशत टीडीएस तिरेको खुलेको छ ।

अनमोल एक फिल्मका लागि सो रकम बराबरको पारिश्रमिक लिएर कर तिरेको सार्वजनिक गर्ने पहिलो अभिनेता बनेका छन् ।