२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो: मुकुल ढकाल



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री तथा प्रवक्ताबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोबाट आफूलाई कुट्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोबाट आफूलाई कुट्ने धम्की दिएको जनाउनु भएको छ।

उहाँले लेख्नु भएको छ-आफूलाई स्वर्णिमको सचिवालयबाट फोन गरेको तर, नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेकाले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको छु ।

उहाँले लेख्नुभएको छ- स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”… लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।