१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमलताल दुर्घटनामा तीन यात्रुको पहिचान, आज तेस्रो दिन पनि खोजी जारी



अ+ अ-

काठमाडौं । चितवनको सीमलतालमा पहिरोले दुई वटा बस बगाउँदा हराइरहेका यात्रुमध्ये अहिलेसम्म तीन जनाको मात्र शव फेला परेको छ ।

गैँडाकोटको थुम्सी नजिकै हिजो भेटिएका दुई शवमध्ये अर्को शवको पनि पहिचान भएको छ । त्यो शव सिमलताल दुर्घटनामा नै परेर बेपत्ता भएका चितवनका विकास परियारको भएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डिएसपी वेदबहादुर पौडेलका अनुसार मृतक विकासका दाई विजय परियारले आफ्नो भाइ भएको पुष्टि गरेका हुन् ।

उनको घर माडी नगरपालिका वडा नं. १ रहेको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेकोे एन्जल लेखेको बागमती प्रदेश०३–००६ख १५१६ नं। बसमा विकासले यात्रा गरेका थिए । एञ्जल यातायातका यात्रु यसअघि भेटिएका थिएनन् ।

गैँडाकोटमा शनिबारनै भेटिएको अर्को शव सर्लाहीका १९ वर्षका रमित कुशर माझी रहेको यसअघिनै सनाखत भइसकेको छ । योसँगै अहिलेसम्म ३ जनाको शव भेटिएर पहिचान भएको छ ।

आज पनि बिहानैदेखि खोजी तथा उद्धारसुरु भएको छ । शुक्रबार सिमलतालमा लेदोसहित आएको पहिरोले बगाउँदा दुईवटा बस र बसका यात्रु बेपत्ता भएका थिए ।