• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

सिमलताल दुर्घटनामा तीन यात्रुको पहिचान, आज तेस्रो दिन पनि खोजी जारी



काठमाडौं । चितवनको सीमलतालमा पहिरोले दुई वटा बस बगाउँदा हराइरहेका यात्रुमध्ये अहिलेसम्म तीन जनाको मात्र शव फेला परेको छ ।

गैँडाकोटको थुम्सी नजिकै हिजो भेटिएका दुई शवमध्ये अर्को शवको पनि पहिचान भएको छ । त्यो शव सिमलताल दुर्घटनामा नै परेर बेपत्ता भएका चितवनका विकास परियारको भएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डिएसपी वेदबहादुर पौडेलका अनुसार मृतक विकासका दाई विजय परियारले आफ्नो भाइ भएको पुष्टि गरेका हुन् ।

उनको घर माडी नगरपालिका वडा नं. १ रहेको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेकोे एन्जल लेखेको बागमती प्रदेश०३–००६ख १५१६ नं। बसमा विकासले यात्रा गरेका थिए । एञ्जल यातायातका यात्रु यसअघि भेटिएका थिएनन् ।

गैँडाकोटमा शनिबारनै भेटिएको अर्को शव सर्लाहीका १९ वर्षका रमित कुशर माझी रहेको यसअघिनै सनाखत भइसकेको छ । योसँगै अहिलेसम्म ३ जनाको शव भेटिएर पहिचान भएको छ ।

आज पनि बिहानैदेखि खोजी तथा उद्धारसुरु भएको छ । शुक्रबार सिमलतालमा लेदोसहित आएको पहिरोले बगाउँदा दुईवटा बस र बसका यात्रु बेपत्ता भएका थिए ।