६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले बस बगाउँदा त्रिशूलीमा खसेकाहरुको बिहानैदेखि खोजी सुरु



अ+ अ-

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसालेका बसको आज बिहानैदेखि खोजी सुरु भएको छ । आज बिहानै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको हो ।

दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्याउँदा बेपत्ता भएका कम्तिमा ४८ जना यात्रु अझै फेला परेका छैनन् । उनीहरु हिजो बिहानैदेखि हराइरहेका हुन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान करिब ३ बजे लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्याएको थियो ।

गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु थए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन छैन ।

बसमा रहेका तीन जना भने पौडिएर बाँचेका थिए । हिजो दिनभर खोजी गरिए पनि बस र यात्रुको पत्ता लागेको थिएन । साँझ ६ बजेपछि भने खोजी कार्य स्थगित गरिएको थियो ।