काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा तीन जना अध्यक्ष भएका छन् । सो पार्टीमा यसअघि पनि दुई अध्यक्ष भने थिए, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड । आज अपरान्हदेखि भने सो दलमा तीन जना अध्यक्ष भएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनको मिति तोकेपछि सो दल औपचारिक रुपमा फुटतर्फ गएको छ । जसका कारण आज नै दुई अध्यक्षका अलग अलग केन्द्रीय समिति बैठक बसेका थिए ।
सोही बैठकमध्ये दाहाल र माधव नेपाल पक्षको बैठकले ओलीलाई अध्यक्षबाट निष्कासन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । माधव नेपाललाई पार्टीको अध्यक्ष प्रस्तावित गरेपछि अबदेखि नेकपामा तीन अध्यक्ष भएका छन् ।
हुनत उता बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकमा कसैलाई पार्टीबाट ननिकाल्ने या कारबाही नगर्ने निर्णय भएको थियो । तर यता दाहाल नेपाल समूहको बैठकमा भने माधव नेपाललाई पार्टी अध्यक्षका रुपमा प्रस्ताव गरिएको छ ।
यस प्रस्तावपछि भने नेकपामा तीनजना अध्यक्ष भएका छन् । यसको वैधानिकता भने बाँकी नै छ । यो प्रस्ताव निर्वाचन आयोगमा जान पनि बाँकी नै छ । निर्वाचन आयोगबाट यसले वैधानिकता प्राप्त गर्न समेत बाँकी छ ।











