५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीमा ओलीको नियुक्ति र शपथसँगै मन्त्रिपरिषद् विस्तार भोलि, अर्थमा विष्णु र गृहमा रमेशको चर्चा



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि मात्रै नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्ने भएका छन् ।
ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ नै सपथ गराउने तयारी राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

हिजो राति कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर स्वत: पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि भोलि साँझसम्मको समयसीमा दिएर आव्हान गरेका थिए ।

प्रधानमन्त्रीमा ओलीको नियुक्ति र सपथसँगै भोलि नै मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । भोलि अधिकांश मन्त्रीको सपथ हुने र केही मन्त्रालयले खाली राखिने बताइएको छ ।

नेताहरूका अनुसार अर्थमा एमाले उपाध्यक्ष विष्णु पौडेल र गृहमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शथप लिने सम्भावना छ ।