१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीमा ओलीको नियुक्ति र शपथसँगै मन्त्रिपरिषद् विस्तार भोलि, अर्थमा विष्णु र गृहमा रमेशको चर्चा



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि मात्रै नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्ने भएका छन् ।
ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ नै सपथ गराउने तयारी राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

हिजो राति कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर स्वत: पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि भोलि साँझसम्मको समयसीमा दिएर आव्हान गरेका थिए ।

प्रधानमन्त्रीमा ओलीको नियुक्ति र सपथसँगै भोलि नै मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । भोलि अधिकांश मन्त्रीको सपथ हुने र केही मन्त्रालयले खाली राखिने बताइएको छ ।

नेताहरूका अनुसार अर्थमा एमाले उपाध्यक्ष विष्णु पौडेल र गृहमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले शथप लिने सम्भावना छ ।