१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले बस बगाउँदा त्रिशूलीमा खसेका कम्तिमा ४८ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्याउँदा बेपत्ता भएका कम्तिमा ४८ जना यात्रु अझै फेला परेका छैनन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्याएको थियो ।

गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु थए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन छैन ।

बसमा रहेका तीन जना भने पौडिएर बाँचेका थिए । बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लागेको छैन । साँझ करिब ६ बजे उद्दार कार्य स्थगित गरिएको छ ।

अब उद्धार टोलीले भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ ।