२६ मंसिर २०८२, शुक्रबार
,
Latest
एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा एमाले महाधिवेशनः उद्घाटन सत्रमा तीन लाख कार्यकर्ता उतार्ने दाबी लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार ‘महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न राज्य गम्भीर होस्’ यस्तो बन्यो कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित) नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले बस बगाउँदा त्रिशूलीमा खसेका कम्तिमा ४८ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्याउँदा बेपत्ता भएका कम्तिमा ४८ जना यात्रु अझै फेला परेका छैनन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्याएको थियो ।

गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु थए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन छैन ।

बसमा रहेका तीन जना भने पौडिएर बाँचेका थिए । बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लागेको छैन । साँझ करिब ६ बजे उद्दार कार्य स्थगित गरिएको छ ।

अब उद्धार टोलीले भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ ।