९ श्रावण २०८३, शनिबार
,
Latest
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छ: प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अपm्ठ्यारो सल्टाउनुपर्ने बताउनुभएको छ ।

विगतका सरकारहरुले भ्रष्टाचारलाई बढावा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उहाँले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाई गर्न नहुने पनि बताउनु भयो । शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आउने सरकारले संसदलाई प्राज्ञिक थलो बनाउने, जनताका अपm्ठ्यारो सल्टाउने थलो बनाउने, पहिरो र डुबानबाट जनतालाई सुरक्षित राख्ने र पीडितलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु । प्राकृतिक विपद त बर्षेनी देखिएको हो । सरकारहरु पूर्वसावधानी गम्भिर नहुँदा जनधनको ठूलो क्षति भएको हो ।’

सांसद सुवालले नयाँ सरकारले संसदलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।