२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छ: प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अपm्ठ्यारो सल्टाउनुपर्ने बताउनुभएको छ ।

विगतका सरकारहरुले भ्रष्टाचारलाई बढावा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उहाँले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाई गर्न नहुने पनि बताउनु भयो । शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आउने सरकारले संसदलाई प्राज्ञिक थलो बनाउने, जनताका अपm्ठ्यारो सल्टाउने थलो बनाउने, पहिरो र डुबानबाट जनतालाई सुरक्षित राख्ने र पीडितलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु । प्राकृतिक विपद त बर्षेनी देखिएको हो । सरकारहरु पूर्वसावधानी गम्भिर नहुँदा जनधनको ठूलो क्षति भएको हो ।’

सांसद सुवालले नयाँ सरकारले संसदलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।