२५ श्रावण २०८३, सोमबार
,
Latest
सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक: प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँँदै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुपरेको हो ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । ती दलले आलोपालो सरकारको नेतृत्व लिने गरी नयाँ सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।