• १८ श्रावण २०८१, शुक्रबार
  •      Fri Aug 2 2024
  •   Unicode
Logo
Latest
★   सूचना लुकाउनु अपराध हो: सभामुख मण्डल ★   गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु: डब्लुएचओ ★   पानी परेपछि काठमाडौं (तस्बिरहरु) ★   पोखरा उडेको बुद्धको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा ★   सलमान खानको घरमा भएको गोलीकाण्डमा मुम्बई प्रहरीले ‘मामा’लाई खोज्दै ★   सरकारले पूँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद महत ★   मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडेल ★   प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनि लुकायो: उद्योगी व्यवसायी ★   अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु



कास्की: अविरल वर्षापछि पहिरोे जाँदा गए राति कास्कीमा मानवीय क्षति भएको छ । पहिरोमा परी पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो । पहिरोमा दुई जना बेपत्ता छन् ।

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुर्दा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । पहिरोमा परेर कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।

राति १०:३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको बेला पहिरोे खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको बताइन्छ ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोेले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् । मादी गाउँपालिका–११ मा पहिरोेमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोेमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक शर्माले पहिरोेमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिनुभयो । पहिरोेमा बेपत्ताको खोजी भइरहेको बताइन्छ ।रासस