१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पश्चिमी वायुको प्रभाव, उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री



अ+ अ-

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ ।

पश्चिमी वायु कमजोर अवस्थामा रहेकाले वर्षा हुने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अबका केही दिन देशका अधिकांश भूभागमा बिहान हुस्सु तथा तुवाँलो लाग्ने र मध्याह्नदेखि घाम लाग्ने बताइएको छ । हाल गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ । 

राति वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै भैरहवाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री सेल्सियस  छ । 




भर्खरै