१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ

जलवायु परिवर्तन जोगाउन अमेरिका पुगेका मिथिला कला

जलवायु परिवर्तन जोगाउन अमेरिका पुगेका मिथिला कला
अ अ+ अ-

काठमाडौँ । आँपको बगैँचामा झुला । हल्का हावाको बहाव अनि त्यही हावासँगै झुलामा नतमस्त रमाइरहेका नारीहरु । यो आकृति चित्रकार एससी सुमनले ‘आँपको बगैँचामा झुला’ शीर्षकमा केन्द्रित भई कोर्नुभएको मिथिला चित्रकला हो ।

सुमनले तीन वर्षअघि उहाँको गाउँमा देखिएको दृश्यलाई मिथिला चित्रमार्फत क्यानभासमा उतार्नुभयो । आँप, बगैँचा र नारीसँगको साइनो के छ ? यस्तै थुप्रै जिज्ञासाका साथ यतिबेला उहाँको चित्र अमेरिकाका दर्शकले नियालिरहेका उहाँले बताउनुभयो ।

चित्र अमेरिकामा पठाएर स्वदेशमै रहनुभएका चित्रकार सुमनले भन्नुभयो, “गाउँको मिथिला संस्कृतिले विदेशमा चर्चा बटुल्दा उत्साहित भएको छु । धेरै साथीहरुले सामाजिक सञ्जालबाट चित्रको प्रशंसा गरिरहनुभएको छ ।”

सुमनका अनुसार चित्र प्राचीन मिथिला सभ्यतासँग जोडिएका छन् । “मिथिला संस्कृति प्रकृतिबिना अपूरो छ”, उहाँले चित्रको वर्णन गर्दै भन्नुभयो, “जनकपुरकी सीतामाता धर्तिपुत्री हुन् । नारी र प्रकृति एकआपसमा अपरिहार्य छन् भन्ने देखाउन खोजेको हँु ।”

चित्रकार सुमनले प्रकृति र मिथिला सभ्यताको गहिरो सम्बन्धमा विस्तारै जलवायु परिवर्तनको प्रभाव देखापर्ने डर रहेको बताउनुभयो । पोखरी, नदी र कुवाको पूजा गर्ने मिथिलावासीले अब पानीको सङ्कट खेप्नु परिरहेकाले यो विषय चुनौतीपूर्ण बन्दै गएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चित्रमा देखिए जस्तो जलवायुको प्रभावले बगैँचामा आँप नै नफल्ने हो कि भन्ने चिन्ताले सताउँन थालेको छ । “चित्रमा आँप देखेरै चित्त बुझाउनुपर्ने स्थिति आउन सक्छ”, सुमनले भन्नुभयो, “गाउँको सौन्दर्य प्रकृति जोगाउनुपर्छ भन्ने सन्देश चित्रमार्फत दिएको छु ।”

तीन दशकदेखि मिथिला कलामा निरन्तर क्यानभास रङ्ग््याइरहनुभएका सुमनका जलवायु परिवर्तनसम्बन्धी १० वटाचित्र यतिबेला संयुक्त राज्य अमेरिकाको मुुख्यालयमा प्रर्दशित छन् । उहाँको चित्रसँगै सेलो यादव, सुधीर कर्ण, कोमल पूर्वे, निर्मला राम, मन्जुला ठाकुर, रेवती मण्डल, अमृता दत्त, नम्रता सिंह, सिवाङ्गी सिंह, शैली झा, नुपुर निशिथ, मनिषा साह, प्रतिक रायमाझी गरी नेपाली र भारतीय मिथिला कलाकारका कला प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा जलवायु परिवर्तनको विषयवस्तुलाई सम्बोधन गर्ने धेरै उल्लेखनीय कलाकृति राखिएका मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमितप्रताप सिंहले बताउनुभयो । मुख्यालयमा ‘आर्ट फर एसडिजिएस : द मिथिला हेरिटेर्ज’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । यही जुलाई ८ देखि १७ ९असार २४ देखि साउन २ गते० सम्म हुने प्रर्दशनीलाई नेपालका स्थायी नियोग, न्यूर्योकस्थित नेपाली महावाणिज्य दूतावास र मिथिला सेन्टर अमेरिकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

“सुमनले बनाएको चित्रमा प्रकृति र मानव सभ्यताको अन्तरसम्बन्ध झल्काउँछ । खासगरी मनसुनको स्वागत गर्दै मिथिला नगरका युवती आपँको बगैँचामा रमाउँछन् । खेल्छन्, कुद्छन् । चित्रकार समुनले रसिला आँपलाई युवतीको हुर्किदो यौवन र बढ्दो इच्छाको प्रतीक मान्नु भएको छ”, मिथिला सेन्टरका अध्यक्ष सिंहले भन्नुभयो । उहाँले सिर्जना गर्नुभएको ‘महिला र पानी’ शीर्षकको चित्रले प्राकृतिक जलस्रोत महिलाको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भाव झल्किन्छ ।

महिला नुहाउने खेल खेलिरहेको जस्तो रोमाञ्चक दृश्य देखाउँदै युवावस्था र सौन्दर्यलाई जगाउन पानीका छाल र हावाको धारा महत्वपूर्ण रहेको सन्देश चित्रले दिने सिंहले बताउनुभयो । “चित्रकार सुमनको अर्को जलवायु परिवर्तनसम्बन्धी ‘साइकल र स्वच्छ हावा’ शीर्षकको चित्र हो । उक्त शीर्षकको चित्रले वातावरण जोगाउन मिथिला नगरको प्राचीन ज्ञान दर्शाउँछ”, उहाँले भन्नुभयो ।

चित्रकार समुनले भन्नुभयो, “विश्वमा वातावरण संरक्षण गर्नुपर्ने सभ्यताको चर्चा अहिले मात्रै सुरु भएको छ । तर, हाम्रो मिथिला सभ्यतामा प्रकृति संरक्षण प्राचीन जीवन शैली हुन् ।” चित्रले पनि वायु प्रदूषण कम गर्नमा साइकलको भूमिकालाई केन्द्रविन्दुमा राखेको उहाँले बताउनुभयो । यसले सवारीसाधनको कार्बन उत्सर्जनलाई साइकलको स्वच्छ, मानव–सञ्चालित यातायातसँग तुलना गरेको उहाँको भनाइ छ ।

संयुक्त राज्य अमेरिकामा प्रदर्शन भएका मिथिला कला प्रदर्शनीले सांस्कृतिक सम्पदा र विश्वव्यापी दिगोपनको अनुपम संयोजन रहेको मिथिला सेन्टरका अध्यक्ष सिंहले बताउनुभयो । सन् २०१९ देखि निरन्तर रुपमा अमेरिकामा मिथिला आर्ट प्रदर्शनी गर्दै आइएको बताउँदै उहाँले यस पटक संयुक्त राष्ट्र सङ्घको ‘दिगो विकासका लक्ष्य’सँग मिल्दोजुल्दो मिथिला कला प्रदर्शनी गर्दा प्रभावकारी रहेको बताउनुभयो ।

जलवायु परिवर्तन र यसका असर न्यूनीकरण गर्न अपनाउन सकिने उपाय, वातावरणीय चेतना बढाउन सांस्कृतिक सम्पदाको भूमिकालाई सेन्टरले जोड दिँदै आएको सिंहले जानकारी दिनुभयो । संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभाका अध्यक्ष श्री डेनिस फ्रान्सिसले आज (अमेरिकाको समय अनुसार) प्रदर्शनीको उद्घाटन गर्ने कार्यसूची रहेको सिंहले जानकारी दिनुभयो । प्रदर्शनी जुलाइ ८ देखि सुरु भए पनि औपचारिक उद्घाटन भने आज हुन लागेको हो ।

मिथिला हेरिटेजले दक्षिणी नेपाल र उत्तरी भारतको मिथिला क्षेत्रका मानिसको समृद्ध संस्कृतिलाई मूर्तरूप दिन  खोजको छ । प्रदर्शनीले प्राचीन परम्परालाई महाकाव्य रामायण र अन्य हिन्दू साहित्यको ज्ञान र कथासँग मिसाएको सिंहले बताउनुभयो । उहाँका अनुसार नेपाललाई चिनाउने आधार हिमाल र बुद्ध मात्रै नभई मिथिलाको कला सभ्यता पनि हो । ‘कल्चरल टुरिज्म’ प्रवर्द्धन गर्न सके मुलुकको अर्थतन्त्रमा सुधार हुँदै जाने उहाँको बुझाइ छ ।

पछिल्ला केही वर्षमा संस्थामार्फत मिथिला कलालाई अमेरिकामा लोकप्रिय बनाइँदै गइएको सेन्टरका अध्यक्ष सिंहले बताउनुभयो । “यो अभियानका रुपमा सञ्चालन गरिरहेका छौँ । विडम्बना के छ भने जति विदेशमा मिथिला लोकप्रिय छ उति स्वदेशमा छैन”, उहाँले भन्नुभयो, “हामीले स्वदेशमा पनि मिथिला कला सभ्यता प्रवर्द्धन गर्न स्थानीय सरकारसँगको समन्वयमा विविध कार्यक्रम गर्दै आएका छौँ ।”

मिथिला कला धान्ने महिला हुन् । शताब्दियौंँ पुरानो भित्ते चित्रकला परम्परा अहिले क्यानभाससम्म आइपुग्दा यसको व्यावसायिक रुप दिन जरुरी रहेको सिंहको भनाइ छ । धार्मिक, सांस्कृतिक, पौराणिक कथा समेटिएका मिथिला चित्रकला विदेशीको रोजाइमा परेका छन् । मुलुकको पहिचान बोकेका कलाको प्रवर्द्धन गर्नुपर्ने उहाँले बताउनुभयो । यस्ता कार्यले गरिब ग्रामीण समुदायका महिलाको जीवनस्तर पनि सुधार हुँदै नयाँ उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना भएको उहाँले बताउनुभयो ।

चित्रकार सेलो यादवको ‘चिलाउने गर्मी र यसको कठोर प्रभाव’ को चित्रकलाले संयुक्त राष्ट्र सङ्घको ‘दिगो विकास लक्ष्य १३: क्लाइमेट एक्सन’ सँग मिल्दोजुल्दो छ । जलवायु परिवर्तनको गम्भीर असर उक्त चित्रमा प्रस्तुत गरिएको छ । चिसो ठाउँ खोज्न भौतारिएका चरा, उचित खानाबाट वञ्चित बालबालिकाका आकृतिले प्रकृति र पोषणमा चरम गर्मीको असर झल्काउँछ ।

सुधीर कर्णको चित्रमा जलवायु परिवर्तनले पहाडी क्षेत्रमा पानीको लागि सङ्घर्ष गर्नुपरेको स्थिति देखाउँछ । कोमल पूर्वेले अप्रत्याशित जलवायु र यसको गम्भीर परिणाम चित्रमा उतार्नुभएको छ । निर्मल रामको मिथिला लोक चित्रकलामा चर्को गर्मी र चिसोमा महिलाले खाना पकाउँदै गरेका छन् भने असहज अवस्थाका कारण बालबालिकाले राम्ररी खान नपाउने र बान्ता गरिरहेको स्थिति देख्न सकिन्छ । मञ्जुला ठाकुरले चित्रमार्फत जलवायु परिवर्तनको कारण प्राकृतिक जीव सङ्कटमा परेको आकृति उतार्नुभएको छ ।

पहिले प्रशस्त वर्षा हुँदा पशुसँगै मानिसमा खुसी हुने अवस्था रहेकामा अहिले वर्षा नहुँदा घरपालुवा जनावर र चराचुरुङ्गीले कठिनाइको सामना गर्नुपरेको चित्र पनि प्रदर्शनीमा राखिएका छन् । यस्ता मार्मिक कलाकृतिले सन्तुलन पुन:स्थापित गर्न र सबै जीवित प्राणीको कल्याण गर्न जलवायु कार्यको तत्काल आवश्यकतालाई केन्द्रित गरेको छ । चित्रकार रेवती मण्डलले भने चित्रमा नै वर्षाको लागि प्रार्थना गरेको आकृति उतार्नुभएको छ ।

“मनसुनको समयमा वर्षा नहुनुले अन्नको अभाव भएको छ । वर्षाका लागि पुरुष र महिला प्रार्थना गर्न बाध्य छन् । कतिपय क्षेत्र खडेरीले ग्रस्त छन् भने कतिपयले अत्यधिक वर्षाको सामना गरिरहेकाले जलचर जनावर सङ्घर्ष गरिरहेका छन् । यो कलाकृतिले यी चरम मौसमी ढाँचा, खाद्य सुरक्षा र इकोसिस्टममा परेको प्रभावलाई सम्बोधन गर्न जलवायु कार्यको आवश्यकतालाई जोड दिन्छ”, मिथिला सेन्टरका अध्यक्ष सिंहले भन्नुभयो ।

चित्रकार मनिषा साहको ‘जलवायु कार्यको प्रतिबिम्ब’ शीर्षकको चित्रले जलवायु कार्यको दोहोरो प्रभावलाई देखाउँछ । पृथ्वीलाई अर्धवृत्ताकार संरचनामा चित्रण गर्दछ । एकातिर जलवायु परिवर्तनको असरबाट पृथ्वी शोकमा डुबेको छ भने अर्कोतर्फ रोकथामका उपाय अपनाएपछि हर्षित छ ।

यो भावलाई पुष्टि गर्न मनिषाले चित्रको केन्द्रमा, एक पुरुष र महिलाले बिरुवालाई पानी दिँदै गरेको आकृति उतारर्नुभएको छ । मान्छेको ग्रहलाई सुरक्षित राख्न प्रकृति संरक्षण आवश्यक रहेको सन्देश चित्रले दिन खोजेको सिंहले बताउनुभयो । रासस