काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
प्रतिनिधिसभा विघटन गैर संवैधानिक भएको भन्दै परेको १२ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल ईजालासमा सुनुवाई भएको थियो ।
रिट निवेदकका तर्फबाट अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापा ,वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता हरिहर दाहालको बहस सुनेपछि प्रधानन्याधीश राणाले सबै रिटलाई संवैधानिक ईजलासमा पठाउने आदेश दिँदै अन्तरिम आदेश दिन अस्वीकार गर्नु भएको हो ।











