काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने बताइएको छ ।
मंगलबार प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएको छ र माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ।
बैठकमा ९० जनाभन्दा धेरै सांसदको सहभागिता रहेको दाबी गरिएको छ तर कतिजनाको हस्ताक्षर छ भन्ने यकिन भइसकेको छैन ।











