२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छ: उपाध्यक्ष श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार बालुवाटारमा स्व. सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताउनु भयो । उहाँले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई मँथि उठ्न दिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अभिभावकत्व निर्वाह गर्ने भाउजु अहिले हामीसँग रहनु भएन । तर यो प्राकृतिक नियम हो । हामीले यसलाई स्वीकार गर्नैपर्छ । अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाएर अहिलेका उपलब्धिहरु खोस्न चाहने प्रतिगामी तत्वहरुलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरुलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’

उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताउनु भयो ।