• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध



तस्विर : फाइल

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।

सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । रासस