काठमाडाैंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटकाे संघारमा पुगिसकेकाे छ, र अब प्राविधिक काम मात्र बाँकी छ । केपी शर्मा ओली समूह र माधव — प्रचण्ड समूहमा बाँडिएकाे नेकपा कुन आधिकारिक हाे भन्ने अन्याैल छ । यही अन्याैलबीच बुधबार संसद भवनमा माधव — प्रचण्ड समूहले संसदीय दलकाे बैठक राख्याे ।
यस बैठकले पुष्पकमल दाहाल प्रचण्डलाइ संसदीय दलकाे नेता चयन गरेकाे छ । दलकाे नेता सामान्यतया प्रधानमन्त्री पदका लागि दाबेदार हुने गर्दछन् ।
दलकाे बैठकका केही झलकः



तस्वीरहरूः १. संसदीय दलका नेता देव गुरूङ बैठकका बारेमा पत्रकारहरूलाइ जानकारी गराउँदै । २. संसदीय दलका सदस्यहरू मतदानमा सहभागी हुँदै । ३. संसदीय दलकाे बैठकमा उपस्थित सदस्यहरू । (तस्वीरहरूः रासस)











