• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

काम गर्न सक्ने नेतालाई सरकारमा पठाउने एमालेको निष्कर्ष



तस्बिर : फाइल

काठमाडौँ । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने भएको छ ।

बुधबार बसेको सो पार्टीको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।

यसैबीच, एमालेले प्रधानमन्त्रीले लिने विश्वासको मतका विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।