• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीको चासो ★   पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई ★   सम्पदा पुन:निर्माणमा अपनाइएको परम्परागत विधि अनुसरण योग्य – उपप्रमुख डंगोल ★   बाढीपहिरो लगायतका विपदमा परी आजसम्म एक सय ३४ जनाको मृत्यु ★   राम्रो कर्म गरे, राम्रै फल पाइन्छ : नवनियुक्त मुख्यसचिव ★   ललितपुरमा चार जनामा हैजा पुष्टि ★   क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य: अस्पताल ★   अर्घा दरबार पुन:निर्माण थालियो ★   नयाँ चलचित्र ऐन आएपछि चलचित्र क्षेत्रका ९० प्रतिशत समस्या समाधान हुन्छन्: भुवन केसी ★   सौर्य एयर दुर्घटना: पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

पोखरामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु



कास्की । कास्कीको पोखरामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।