• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

एमाले सचिवालय बैठक बस्दै, मन्त्री बन्नेहरुबारे छलफल हुने



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा नेपाली कांग्रेससँग भएको सहमतिबारे छलफल हुने छ ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यसैगरी २०८१ सालको पार्टीको कार्ययोजनाका विषयमा समेत छलफल गर्ने तयारी छ ।

एमालेले २०८१ साललाई संगठन शुद्धीकरण र सुदृढीकरण अभियानको रुपमा चलाउने निर्णय यसअघि नै गरिसकेको छ ।