२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड वार्नर सन्यासबाट फर्किने सम्भावना, च्याम्पियन्स ट्रफी २०२५ खेल्ने संकेत



अ+ अ-

एजेन्सी । डेभिड वार्नर अस्ट्रेलियाली क्रिकेटका सफल क्रिकेटर हुन् । वार्नरले जनवरीमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । यसअघि उनले एकदिवसीय विश्वकप २०२३ उनको अन्तिम ५० ओभरको खेल हुने बताएका थिए ।

सुपर–८ खेलेर अष्ट्रेलिया २०२४ को टी–२० विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । तर अहिले उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेर सबैलाई चकित पारेका छन् । जहाँ डेभिड वार्नरले २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने संकेत गरेका छन् ।

हालै, आफ्नो करियरको सम्झना गर्दै इन्स्टाग्राममा लेखिएको पोस्टमा, डेभिड वार्नरले फेरि एक पटक अर्को वर्ष २०२५ को फेब्रुअरी–मार्चमा पाकिस्तानमा खेलिने च्याम्पियन्स ट्रफीको उल्लेख गरेका छन् ।

आफ्नो इन्स्टाग्राम पोस्टमा डेभिड वार्नरले लेखेका छन् – ‘लामो समयसम्म उच्च स्तरमा खेल्नु मेरो लागि अविश्वसनीय अनुभव हो । अष्ट्रेलिया मेरो टोली थियो । मेरो करियरको अधिकांश समय अन्तर्राष्ट्रिय स्तरमा रह्यो । यो मेरो लागि सम्मानको कुरा हो । सबै ढाँचामा १०० भन्दा बढी खेल खेल्नु मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’

त्यसपछि उनले लेखेका छन्– ‘म केही समय फ्रेन्चाइजी क्रिकेट खेल्न जारी राख्छु, छनोट भएमा च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाबाट खेल्न पनि तयार छु ।’

डेभिड वार्नरले प्रतियोगिताअघि अस्ट्रेलियाका लागि कुनै खेल खेल्न नपाउने भएकाले यसको सम्भावना निकै कम छ । अष्ट्रेलियाले सेप्टेम्बरमा इङ्ल्यान्डको भ्रमण गर्नेछ जहाँ उसले एकदिवसीय सिरिज खेल्नेछ । यसपछि नोभेम्बरमा पाकिस्तानको भ्रमण छ जहाँ वार्नरले आफ्नो उत्तराधिकारी मानेका जेक फ्रेजर–म्याकगुर्कले ओपनिङ गर्ने मौका पाउन सक्छन् ।

वार्नरले आफ्नो एकदिवसीय करियरमा ४५.३० को औसत र २२ शतक बनाएर ६९३२ रन बनाएका छन् । यो आँकडा रिकी पोन्टिङपछिको दोस्रो उत्कृष्ट हो ।