५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली लाइसेन्स बनाएको कसुरमा यातायातका तत्कालीन प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा



file photo
अ+ अ-

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)बनाएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यस कसुरको अनुसन्धान गरिरहेको थियो ।

यातायात व्‍यवस्था विभाग मीनभवनको पत्रपछि सिआइबीले अनुसन्धान गरी १५ जनाविरूद्ध मुद्दा दायर भएको हो ।

कर्मचारीहरूको युजर आइडीबाट फर्जी विवरण प्रणालीमा इन्ट्री गरी नक्कली अभिलेख खडा गरेर लाइसेन्स जारी भएको विभागले जनाएको छ । हाल ६ जना प्रहरीको हिरासतमा छन् । बाँकी फरार छन् ।

तत्कालीन यातायात व्‍यवस्था कार्यालय, बुटवलमा कार्यालय प्रमुख रहेका केशव अर्यालविरूद्ध मुद्दा दर्ता भएको छ ।

कम्प्युटर अपरेटर पदमराज आचार्य, अधिकृत सुवास पौडेल, राजेश लम्साल, कम्प्युटर अपरेटर दिलिपकुमार साह र केशव पौडेल सिआइबीको हिरासतमा छन् ।

लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दिप श्रेष्ठविरूद्ध मुद्दा दायर भएको हो ।

सिआइबीले नक्कली लाइसेन्स दिलाउन भन्दै रकम बुझाएका व्यक्तिहरूसँग पनि कागज गरेको छ । कतिपय व्यक्तिहरूले लाइसेन्स निकालिदिने भन्दै एक लाख रुपैयाँसम्म बुझाएको खुलेको छ ।