२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमाले नेतृत्वले विपद्मा पनि सरकारलाई काम गर्न दिएनः सांसद हरि ढकाल



photo : RSS
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काँग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाउनुभएको छ ।

नयाँ सरकार आउँदैछ भनेर काँग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरुलाई असहयोग गर भनेर भनेको उहाँको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपदका यो बेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै काँग्रेस एमालेप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भूटानी शरणार्थीको फाईल खोल्ने र दोषलाई पक्राउ गर्ने काम सरकारले गर्न शुरु गरेपछि नयाँ सत्तासमिकरण बनाएको पनि बताउनु भयो ।

सांसद ढकालले भन्नुभयो, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरुलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्दार गर्नुपर्ने बेलामा यो विपदको घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ । यो चाहीँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ? यही बीचमा फाइल खोल, फाईल खोलको आवाज गुञ्जयमान हुँदै गर्दा भूटानी शरणार्थीको फाईल खुलेर बेचैन झा समात्तिने वित्तिकै समिकरणनै फेरबदल किन ? ’

सांसद ढकालले मुलुकलाई बर्बाद पार्ने काम ठूला दलहरुले गरेको पनि बताउनु भयो ।