२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम सुवालको टिप्पणी: हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद सुवालले नयाँ सत्तासमिकरण व्यापारीको घरमा बसेर भएकालेमा आपत्ति समेत जनाउनु भयो । उहाँले मध्य रातमा एमाले–काँग्रेसबीच सत्ता समिकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाउनु भयो । सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्ता समिकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।