२६ भाद्र २०८३, शुक्रबार
,
Latest
सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन शिक्षा समितिको निर्देशन प्रतिनिधिसभा: इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा माछा मार्ने क्रममा चौधरीको मृत्यु असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका स्वीकृत गर्न कार्यव्यवस्था परामर्श समितिको परामर्श रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला काठे पुलकै भरमा बेँसीसहर–चामे सडक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक शर्मा जिम्बाब्वेविरुद्ध टी–२० मा शतक बनाउने पहिलो भारतीय



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० खेलमा जिम्बावेलाई १०० रनले पराजित गर्दै भारतले सिरिज १–१ को बराबरी गरेको छ ।

हरारे स्पोर्ट्स क्लबमा भएको उक्त खेलमा भारतका अभिषेक शर्माले शतक प्रहार गरेपछि टोलीले २३४ रन बनाएको थियो । जवाफमा जिम्बाब्वेले १३४ रन मात्र बनाउन सक्यो ।

अभिषेक शर्माले ४७ बलमा १०० रनको इनिङ खेले । उनी जिम्बाब्वे विरुद्ध टी–२० मा शतक बनाउने पहिलो भारतीय बनेका छन् । यस टोलीविरुद्ध सञ्जय मांजरेकरले टेस्टमा र कपिल देवले एकदिवसीयमा पहिलो शतक बनाएका थिए । अभिषेकले ऋतुराजसँग कीर्तिमानी साझेदारी पनि गरेका छन् ।

भारतले टी–२० खेलमा ३४ औं पटक २०० भन्दा बढी रन बनायो । टोलीले टी–२० खेलको अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान पनि बनाएको छ ।

भारतले अन्तिम १० ओभरमा १६० रन बनाएको छ, जुन कुनै पनि टी–२० अन्तर्राष्ट्रियको अन्तिम १० ओभरमा सबैभन्दा उच्च स्कोर हो । यसअघि सन् २००७ मा श्रीलंकाले केन्याविरुद्ध १५९ रन बनाएको थियो ।