२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दही खानाले क्यान्सर, हार्टअट्याक विरुद्ध सुरक्षा गर्छ, यस्तो रहेका छन् फाइदाँहरु



अ+ अ-

काठमाडौं । दहीमा कन्जुगेटिड लिनोलेइक एसिड (सिएलए) हुन्छ । सिएलएले फ्री रेडिकल्स सेल्सको बन्नबाट रोक्छ । यो सेल्सले शरीरको विकास रोक्छ । धेरैजसोलाई लाग्छ दही चिसो हो । यसको सेवनले चिसो लाग्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । तर, यो सहि होइन । छिट्टो चिसो लाग्नेले दिनको खानापछि यसको सेवन गर्नु उत्तम हुन्छ । फ्रिजमा राखेको दही नखानु नै राम्रो हुन्छ । दहीको सेवन जहिल्यै पनि ताजा गर्नु राम्रो हुन्छ ।

दूधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दूधमा पाइने फ्याटले शरीरलाई एक उमेरमा गएपछि हानी गर्छ ।दहीमा पाइने फोस्फोरस र भिटामिन–डी शरीरको लागि लाभकारी हुन्छ । दैनिक ३ सय मिलीलिटर दही खाने गरेमा ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकार विरुद्ध सुरक्षा गर्छ । दहीको सेवनले शरिरलाई शितलता प्रदान गर्छ । तौल घटाउनको लागि पनि उपयोगी हुन्छ ।

दहिको नियमित सेवन गर्नाले धेरै प्रकारको बिरामीबाट मुक्त गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन–डीको साथ क्याल्सियमको एसिडमा परिणत गर्छ । जसले बच्चा देखि नै दहीको भरपुर मात्राम सेवन गर्छ, उसलाई बुढेसकालमा हुने ओस्टियोपोरोसिस जस्तो रोग लाग्नबाट बचाउँछ । दहीमा शरिरलाई फाइदा गर्ने खालको ब्याक्टेरिया पाइन्छ ।

हाम्रो आन्द्रामा राम्रो खालको ब्याक्टेरियाको अभाव हुँदा भोक नलाग्ने जस्ता धेरै बिरामी पैदा हुन्छ । विरामी भएको वेला या एन्टिवायोटिक खाइरहेको वेला खानामा भएको भिटामिन र खनिज पचाउदैन । यस्तो अवस्थामा दहीको सेवन राम्रो हुन्छ । दहीले खाना पचाउन सहयोग गर्छ र पेटको बिरामी हुनबाट बचाउँछ ।

दैनिक ३ सय मिलिलिटर दहीको सेवन गरेमा मुखमा हुने इन्फेक्सनबाट बचाउँछ । शरीरमा भएको ब्लड सिस्टममा हुने इन्फेक्सन कन्ट्रोल गर्नमा ह्वाइट ब्लड सेलको योगदान सबैभन्दा धेरै हुन्छ । दही खाँदा ह्वाइट ब्लड सेल बलियो हुन्छ र शरिरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।

उमेर बढेसँगै दहीको सेवन गर्नुपर्छ । जुन मानिस लामो समयदेखी रोगसँग लडिरहेको हुन्छ, उनीहरुको लागि धेरै उपयोगी हुन्छ । दहीको सेवन गर्दा रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न सकिन्छ । जसबाट मुटुमा हुने कोरोनरी आर्टरी रोगबाट बचाउन सजिलो हुन्छ ।